नारायणी अस्पतालद्वारा एक हजार ५ सय गरिबको निःशुल्क उपचार
वीरगन्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्जको नारायणी अस्पतालले एक हजार ५ सय भन्दा बढी गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।
अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ । चालु आवको असार १० गतेसम्म ५ सय भन्दा बढीको उपचार गरिएको डा. सिंहले बताउनुभयो ।
गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाखभन्दा बढी रकम हालसम्ममा खर्च भइसकेको सिंहले बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै नागरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहले दाबी गर्नुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नारायणी अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्