Techie IT
बुधबार, मंसीर ३,२०८३

आयरल्याण्डको गैरआवासीय नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त


काठमाडौँ । आयरल्याण्डको गैरआवासीय नेपाली राजदूत पदमामा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम  आचार्यलाई आयरल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आचार्य संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा कार्यरत हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानचन्द्र आचार्य


तपाईको कमेन्ट लेख्नुहोस्