छत्रेश्वरी गाउँपालिकालाई १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
सल्यान । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिल्लाको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ ।
असार १० देखि १२ गतेसम्म छत्रेश्वरी गाउँपालिका–१ को भानुभक्त माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ३६ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिका उपाधि जित्न सफल भएको हो ।
छत्रेश्वरी गाउँपालिकाले १७ स्वर्ण, ११ रजत र ८ कांस्य जितेको छ । यस्तै ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित कुमाख गाउँपालिका दोस्रो भएको छ भने ४ स्वर्ण, ११ रजत र ११ कांस्य सहित दार्मा गाउँपालिका तेस्रो भएको छ ।
भलिबल, कबड्डी, कराँते, एथलेटिक्स लगायतका विभिन्न इभेन्टमा प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सात पालिकाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #राष्ट्रपति रनिङ शिल्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्