एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय परिषद् बैठक सुरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय परिषद् बैठक सुरु भएको छ ।
बैठकको काठमाडौँमा शुभारम्भ गर्दै पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी निर्माण भएको १० महिनाको अवधिमा विभिन्न अवरोधकाबीच पनि देशका सबै प्रदेश र जिल्लाहरूमा पार्टीको कमिटी गठन गरेको जानकारी दिनुभयो ।
सबै स्थानीय तह र वडाहरूमा पार्टी कमिटी गठन गर्दै अगाडी बढ्ने योजना रहेको भन्दै त्यसै अनुसार पार्टी परिचालन गरिने पनि अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले गठबन्धन सरकारले मुलुकको हितमा एमसीसी पारित गर्ने तथा एसपीपीमा नजाने लगायतका महत्त्वपूर्ण निर्णय लिएको पनि बताउनुभयो ।
बैठकमा पार्टीको साङ्गठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्