लुटेरा समूहद्वारा आलिताल गाउँपालिकामा कार्यरत कर्मचारीलाई लुटपाट
कञ्चनपुर । कञ्चनपुरको वेदकोट घर भई डडेलधुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्र सिंह भण्डारीलाई एक समूहले लुटपाट गरेको छ ।
आज मध्यान्ह आफ्नो घर वेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजीबाट डडेलधुराको आलिताल जाने क्रममा ३७ वर्षीय भण्डारी कैलालीको गोदावरी माथिको उकालोमा लुटिएको प्रहरीले जनाएको छ ।
भण्डारी सवार प्रदेश ३ –०१–२३च ८७२१ नम्बरको निजी गाडीमा लिफ्ट मागेर वेदकोटबाट सँगसँगै रहेका भारतीय नागरिक जस्तै देखिने र हिन्दी बोल्ने तीन जनाको समूहले लुटपाट गरेको भण्डारीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रवीन्द्र राज पाण्डेयले जानकारी दिनुभयो ।
तेल खर्च दिने भन्दै कैलालीको खानी डाँडासम्मको लिफ्ट मागेको उक्त समूहले गोदावरी माथिको बुढितोला उकालो गाईमारा मोडमा पुगेपछि फोटो खिच्ने भन्दै गाडीबाट झरेको र त्यसै क्रममा उनीहरूले भण्डारीलाई लुटपाट गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार भण्डारीलाई टाउकोमा ढुङ्गाले प्रहार गरी हातखुट्टा र मुख बाँधेर भीरबाट २०० मिटर तल खसालिएको थियो । भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले भण्डारीको उद्धार गरी अस्पताल पुर्याएको छ ।
लुटेराहरूले कारसहित एटिएम कार्ड, नगद रुपैयाँ लगायतका सबै जिन्सी तथा नगद सरसामान लुटेर लगी फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आलिताल गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्