पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ : पर्यटन मन्त्री श्रेष्ठ
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले महामारीले धराशायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “यस मन्त्रालयमा राष्ट्रिय गौरवका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।”
उहाँले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जीवनराम श्रेष्ठ, #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्