मेयर बालेनले किराना र मासु व्यापारीलाई बढाए कर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि तथा खाद्यान्न व्यापारमा कर बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार आर्थिक विधेयक सार्वजनिक गर्दै कृषि तथा खाद्यान्नको व्यापारमा कर बढाएका हुन् । उनले अधिकतम २ हजार रुपैयाँसम्म कर बढाएका छन् । मेयर बालेनले सार्वजनिक गरेको आर्थिक विधेयकका अनुसार अब खुद्रा किराना पसल सञ्चालन गर्नेले २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कर १२ सय रुपैयाँ मात्रै थियो ।
यसअघि प्रशोधित मासुजन्य बिक्री व्यवसायमा लाग्दै आएको ३ हजार रुपैयाँ कर अब ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ भने यसअघि माछारमासु तथा अण्डा खुद्रा बिक्री १५ सय रुपैयाँ लाग्दै आएको कर २५ सय रुपैयाँ लाग्ने भएको छ । यस्तै, अब थोक किराना पसल गर्नेले ५ हजार, खाद्यान्न बिक्री गर्नेले १० हजार, मौरी पालन गर्नेले २ हजार र कुखुराका चल्ला बिक्री गर्नेले ३ हजार र फलफुल तरकारी खुद्रा १ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्