सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने बेलासम्म पनि पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो ।
सांसद योगेश भट्टराईले अझै पनि कतिपय विद्यालयमा कक्षा ६ र ८ का पाठ्यपुस्तक पुग्न नसकेको भन्दै नपुगेका विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पुष्पा भुसाल (गौतम) र रेखा शर्माले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद द्वय भुसाल र शर्माले विगतका निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको प्रतिनिधित्व गराउन दलहरूले कन्जुस्याइँ गर्ने गरेको भन्दै मिश्रित र समावेशी सिद्धान्त अङ्गीकार गरेको संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन गर्न माग गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पाठ्यपुस्तक, #सामुदायिक विद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्