पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा
पोखरा । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा परेका छन् ।
लगातारको वर्षापछि माथिबाट खसेको पहिरोले खोला थुनिएपछि यहाँका ४ सय घर डुबानमा परेका हुन् । ्
घर डुबानमा परेपछि मानिसहरूलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
मानवीय क्षति नभएता पनि घरसहित गोठ र कृषि फर्महरू बाढीको डुबानमा परेका छन् । सुइँखेर खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा यहाँका खेतीयोग्य फाँट पनि पुरिएको छ । अहिले भने बिस्तारै पानी घट्दै गइरहेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानमा आज शनिबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्