अवैध ऋण लगानी र मिटर ब्याजको घटनाबाट बच्न प्रहरीको आग्रह, पक्राउ परे यी व्यक्ति
काठमाडौं । पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ ।
ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाण्डौमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा समेतमा प्रतिकूल असर पर्ने भएकोले प्रहरी प्रधान कार्यालय एवम् केन्द्रीय अनुसन्धान ब्युराेले ध्यानाकर्षण भएको जनाएको छ ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–९, बेलाटारीका ५६ वर्षका सुनिल बानियाँ भनिने सुनिल कुमार गुप्ता र वर्ष ६५ का जगदिश बानियाँ भनिने जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले जानकारी दिएको छ ।
ब्युराेले यस्ता कसुरमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न कोही व्यक्ति पीडित भए आधार प्रमाणसहित नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । यसका साथै वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग पनि बढेको छ ।
सामाजिक सञ्जालमा साथी बनाइ चिठ्ठा ठगी, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाइ दिने भनि ठगी, विदेशी नागरिकहरुको आवरणमा आकर्षक गन्तव्यमा पठाइ दिने, बिहे गर्ने, व्यापारिक साझेदार बनाउने वा समाज सेवाका नाममा डलरले भरिएका फोटोहरु देखाइ एवम् झुटा श्रव्य दृष्य सामग्रीहरु समेत पठाइ भ्रममा पारि ठगी गर्ने घटना पनि बढ्न थालेका छन् ।
नजिकका व्यक्ति बनी आकस्मिक रुपमा फोनका माध्यमबाट पैसा मागेर ठगी गर्ने, मोबाइल बैङ्किङ्गका पासवर्ड र बैंकका विवरणहरु मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिइ अपलोड गरिदिने धम्की दिइ आपराधिक लाभ लिने, नेपालीहरुको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाइ हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिहरुलाई पैसा दिन लगाइ आपराधिक कार्यमा संलग्न गराउने, नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीलगायत भर्चुअल मुद्राबाट धेरै गुणा प्रतिफल दिने भनेर प्रलोभनमा पारि ठगी गर्नेतर्फ सचेत रहन प्रहरीको आग्रह छ ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युराेले विज्ञप्ति निकालेर यस्ता ठगीका घटनातर्फ सचेत रहन नागरिकलाई आग्रह गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेपाल प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्