मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सीमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने २३ बर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका–४ की १९ बर्षीया सिरिसा सिंह महथा छन् ।
उनीहरूले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सीमा क्षेत्रबाट झापा बिर्तामोडकी १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजादै गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुवै जनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा समोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #मानव बेचबिखन, #मोरङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्