सिएमसीमा नेपाल प्रहरी र परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा २५ प्रतिशत छुट हुने
चितवन । चितवन मेडिकल कलेजमा नेपाल प्रहरीका बहालवाला प्रहरी, पुर्व प्रहरी, अमर प्रहरी तथा परिवारलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा २५ प्रतिशत छुट हुने भएको छ ।

आज (शुक्रबार) दिउँसो नेपाल प्रहरी श्रीमती सघंका अध्यक्षको सक्रियतामा अस्पताल र नेपाल प्रहरी बीच २५ प्रतिशत तथा फार्मेसीमा ७ प्रतिशत सहुलियत दिने विषयमा सम्झौता भएको हो ।

चितवन मेडिकल कलेज प्रालिमा नेपाल प्रहरी श्रीमती सघंको तर्फबाट अध्यक्ष रहनुभएकी कुसुमलता सिंह र अस्पतालको तर्फबाट निर्देशक प्रो.डा. दयाराम लम्साल बीच उपचार सेवामा २५ प्रतिशत सहुलियत दिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

सो अवसरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको सहभागिता रहेको थियो ।

सम्झौता अनुसार अब नेपाल प्रहरी, पूर्व प्रहरी सहित अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरुमा २५ प्रतिशत छुट सुविधा पाउने छन् । यस्तै, फार्मेसीले ७ प्रतिशत छुट दिने गरी सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार ओपिडी र इमरेर्जेन्सी टिकट, सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता, नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई यो सम्झौता लागू हुँदैन । उक्त सेवा लिन संघले उपलब्ध गराएको परिचयपत्र भने अनिवार्य छ ।

आगामी साउन १ गतेदेखि लागू हुने यो सम्झौता २०८१ असार ३० गतेसम्म रहने छन् । त्यसपछि त्यसलाई पुनः नविकरण गर्न सकिने जनाईएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्