हैजा नियन्त्रणमा के गर्दैछ सरकार ?
काठमाडौँ । काठमाडौँमा हैजा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास छाएको छ ।
पछिल्लो ३ दिनमा ५ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व रोकथामको कार्य नगरेको सरकरले हैजा देखिएसँगै सरकारले हैजा नियन्त्रणका लागि एक टोली बनाएर काम गर्न थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोलीलाई काम गर्न दिइएको छ ।
टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् ।
वुधबार परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको थियो । त्यसै क्षेत्रका परिवारमा हैजा संक्रमण पनि देखिएको थियो । यससँगै चिकित्सकहरुले पानीलाई उमालेर पिउन सुझाव दिएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #हैजा संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्