२७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
काठमाडौँ । सरकारले २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ । पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।
सबै बालबालिकालाई विद्यालयमै खोप दिइने छ । दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ । यस्तै दोस्रो मात्रा भदाै २७ देखि असोज १ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाभाइरस, #कोरोनाविरुद्ध खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्