भिमसेनथापा ३ मा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म मदिरा विक्री वितरणमा रोक
गोरखा। भिमसेनथापा गाँउपालिका वडा नं ३ मा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म कुनै पनि किसिमका मदिरा एवम् मदिराजन्य पदार्थहरुको विक्री वितरणमा वडाले रोक लगाएको छ ।
उक्त निर्णय वडा नं ३ को वडा समिति एव्म सम्पूर्ण व्यपारी र प्रहरीको संयुक्त बैठकले २०७९ ०३ ०४ गते देखि लागुहुने गरि सहमति भएको हो ।
वडा कार्यलयले सुखी, समृद्ध, समुन्नत, सभ्य, सुसंस्कृत एवम् नमुना वडा बनाउन बद्धिजीवि, समाजसेवी, राजनीतिज्ञ, व्यपारी, व्यवसायी, उद्यमी, शिक्षक, विद्यार्थी सम्पूर्ण वडावासीहरुमा अनुरोध गरेको छ ।
साथै वडा अध्यक्ष ऋषिराम लामिछानेले समाजमा रहेका सामाजिक बिकृति न्यनिकरण गर्न , महिला हिंसा कम गर्न तथा शान्ति कायाम गर्नको लागि यो निर्णय गरिएको साझा पाना लाई जनकारी दिनुभयो ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #ऋषिराम लामिछाने, #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्