नेपालमा उर्जाको सम्भावना, वर्तमान अवस्थाका विषयमा उर्जाविज्ञसँग छलफल
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमा उर्जाको सम्भावना, वर्तमान अवस्था र चुनौतिका विषयमा उर्जाविज्ञसँग छलफल गरेको छ ।
समितिकोे सिंहदरबारमा आज गरेको छलफलमा उर्जा विज्ञहरुले उर्जा विकासमा मुख्यतः राज्यले जलविद्युत उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।
छलफलमा उर्जाविज्ञ रामहरि ढकालले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालको उर्जा विकासमा क्षेत्रीय सन्तुलन कायम गर्दै सम्भाव्य क्षेत्रमा जलविद्युत उत्पादन र त्यसको पूर्वाधार विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सांसदहरुले जलासययुक्त जलविद्युत उत्पादनमा जोड दिँदै काम गर्नेहरुलाई सहज वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
उहाँहरुले सरकारले भटाभट खोला किनबेच गर्न दिएर उत्पादनलाई ध्यान दिन नसकेको भन्दै अरुले पाउने सुहलीयत नेपाली उत्पादकहरुलाई पनि दिनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा सांसद राधाकुमारी ज्ञवाली र छविलाल बिश्वकर्माले नीजि उर्जा उत्पादकहरुको संस्था इपानले बर्षौदेखि अरुले पाएको सुविधा पाउनुपर्ने माग गरिरहँदा सुनुवाई हुन नसक्नुले जलविद्युत उत्पादनमा नीजि क्षेत्र प्रोत्साहित हुन नसकिरहेको बताउनुभयो ।
यस्तै, सांसदहरु लालकाजी गुरुङ र दलबहादुर रानाले केही कम्पनीहरुलाई भटाभट खोला दर्ता र किनबेच गर्न दिएपनि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्न खोज्नेलाई वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।
यसैगरी, सांसदहरु राजबहादुर बुढा क्षेत्री, भूपेन्द्रबहादुर थापा र सत्यनारायण शर्मा खनालले पानीको बहुउपयोगलाई ध्यान दिँदै उर्जा उत्पादन, सिँचाइ र कृषियोग्य जमिनको संरक्षण गर्दै उर्जा विकास र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
हाल मुलुकमा कुल दुई हजार एक सय ३ मेघावाट क्षमताको विद्युत उत्पादन आयोजनाहरु सञ्चालनमा रहेको छ । तीमध्ये ३१ प्रतिशत नेपाल विद्युत प्राधिकरणको एकल लगानीमा, २३ प्रतिशत नेपाल विद्युत प्राधिकरण समेतको लगानीमा र ४६ प्रतिशत नीजि क्षेत्रको लगानीमा विद्युत उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्