राष्ट्रिय परिचय पत्रको फारम भर्न तनहुँमा भिड
तनहुँ । तनहुँमा एक लाख ५३ हजारले राष्ट्रिय परिचय पत्रको लागि फारम भरेका छन् ।
जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको अभियान र तोकिएको कार्यालय वा जिल्ला प्रशासनमा नै पुगेर राष्ट्रिय परिचय पत्रको फारम भर्नेको सङ्ख्या १ लाख ५३ हजार १६० जना पुगेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकी जिल्ला सुपरभाइजर विनिता ढुङ्गेलले जानकारी दिनुभयो ।
जिल्ला सुपरभाइजर ढुङ्गेलका अनुसार स्थानीय तहमा सञ्चालन भएको अभियानबाट जेठ मसान्तसम्म १ लाख १६ हजार ६३४ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका हुन् ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर सोमबारसम्म ३६ हजार ५२६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका ढुङ्गेलले बताउनुभयो ।
जिल्लाबाटै इ–पासपोर्टको काम समेत भइरहेकाले समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिनुभयो ।
पासपोर्ट बनाउन सरकारले राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासनमा दैनिक जसो भिड लाग्ने गरेको छ ।
तनहुँमा गत २०७६ साउनबाट जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सुरु गरिएको थियो ।
जिल्ला प्रशासनले दुई जना कर्मचारी र विभागबाट १ जना गरी ३ वटा स्टेसनबाट काम भइरहेको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले १५० भन्दा माथि दैनिक फाराम भर्ने काम भइरहेको छ ।
जिल्लाको व्यास नगरपालिकामा २३ हजार ५८६, शुक्लागण्डकी नगरपालिका २३ हजार ७४६, भिमाद नगरपालिकामा १४ हजार ९७५, म्याग्दे गाउँपालिकामा ११ हजार ४४२, आँबुखैरेनी गाउँपालिकामा ७ हजार ४१४, देवघाट गाउँपालिकामा ९ हजार ५४, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा १६ हजार ३९७ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताउनुभयो । यसमा बन्दिपुर गाउँपालिकाको छुट्टै डाटा आउन बाँकी रहेको ढुङ्गेलले बताउनुभयो ।
कुल सङ्ख्यामा भने बन्दिपुर गाउँपालिकाको समेत समावेश रहेको छ ।
यस्तै, जिल्लाको पालिकामा वडागत रुपमा भने गत २०७८ पुस २६ गतेबाट फारम भर्ने काम सुरु गरिएको उहाँले बताउनुभयो ।
तनहुँको ८ वटा पालिकामा राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सकिएको ढुङ्गेलले बताउनुभयो ।
अहिले जिल्लाको बन्दीपुर गाउँपालिकामा अभियान सञ्चालन भइरहेको र भानु नगरपालिकामा सुरु भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताउनुभयो । सकिएको पालिकामा छुटेका सर्वसाधारणले जिल्ला प्रशासनमा आएर फाराम भर्न सक्ने उहाँ बताउनुहुन्छ । आफ्नो विवरण सच्चाउने अप्सन नभएको हुँदा सुरुमा विवरण भर्दा नै ध्यान दिनुपर्ने ढुङ्गेल बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्