सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरण तथा उद्वारका लागि कृत्रिम अभ्यास
सिन्धुपाल्चोक। सिन्धुपाल्चोककोे मेलम्चीस्थित मेलम्ची नदी किनारमा आज बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरण तथा उद्वारका लागि कृत्रिम घटना अभ्यास गरिएको छ ।
कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।
बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका एक व्यक्तिलाई नदीले बगाउँछ । उनलार्ई जिउँदै उद्धार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तिको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो ।
घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरूको डोरीको सहायताले गरिने उद्धार, घरमा फसेकाहरूको एक स्थानबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।
उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगिका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको कालिजंग गणको गणपति मिलन थापाले बताउनुभयो ।
कार्यक्रममा उद्धार सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । कृत्रिम घटना अभ्यासमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल ,मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल, सशस्त्र प्रहरी बेश क्याम्प मेलम्चीका प्रमुख अरुण विक्रम बस्नेत, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिहं भण्डारी, अन्य जनप्रतिनिधि ,शिक्षक,विद्यार्थी , राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको कालिजंग गण मेलम्चीका गुल्मपति ढलक बहादुर मोक्तानले जानकारी दिनुभयो ।
अभ्यास कार्यक्रम पछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता कार्यक्रमले विपद्का बेला कसरी काम गर्ने र जनशक्ति कसरी परिचालन गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले यस्ता खाले तालिम स्थानीय र जनप्रतिनिधिलाई समेत आवश्यक पर्ने बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिन्धुपाल्चोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्