नजिकिदै गएको प्रदेश र संघको चुनाबमा महिलालाई अगाडि बडाउनुपर्छ :विद्वान गुरुङ
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती पर्वत द्वारा आयोजना गरिएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुलाइ बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ले कार्यक्रममा बोल्दै आउने चुनावमा महिलाहरू लाई अगाडि बडाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी भएको कारणले यहाँ केही मन मुटाव हुन सक्ने र येस्ता कुरा हरुलाइ आउने दिनमा सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवस्यकता रहेको भन्नुभयो । अहिले समय भनेको खेती पातीको समय रहदा रहदै पनि आफ्नो ब्यस्तताको बावजुद कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्ण पर्वतवासि महिला दिदी बहिनी एबम उपस्थित नेता तथा तरुण कार्यकर्ता हरलाई हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
आफुले देशभरिको तरुण दल कार्यसमितीलाइ परिपत्र गरि बर्षाको मौसममा हुन सक्ने क्ष्यतीको उद्धारमा खटिन निर्देशन दिएको बताउनुभयो ।उहाले तरुण हरु नेपाली जनताको सुख दुखमा सङै हातेमालो गरिहिड्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित स्थानिय तहको जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना एबम बधाइ दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्