समयमै सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने: शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा नयाँ छपाइ मेसिन थप गरेर पुस्तक छपाइ गर्दा पनि विद्यार्थीले अझै पाठ्यपुस्तक नपाउनु दुखद भएको बताउनुभयो ।
मन्त्री पौडेलले नयाँ संविधानअनुसार सङ्घीय शिक्षा ऐन र अन्य चार शैक्षिक विधेयकका मस्यौदा तयार गरी अर्थ मन्त्रालय, काूनन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत निकायमा पठाउँदा समयमा राय तथा समर्थन प्राप्त नभएकाले ती विधेयक संसद्मा पेश गर्न ढिला भएको बैठकमा स्पष्ट पार्नुभयो ।
बैठकमा सांसद्हरु मानबहादुर विश्वकर्मा, योगेश भट्टराई, सरिता न्यौपाने, जीवनराम श्रेष्ठ, हितबहादुर तामाङ, अञ्जना विसंखे, जगतबहादुर विश्वकर्माले वर्षेनी पाठ्यपुस्तक अभाव हुन नदिन दीर्घकालीन समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।
समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसदमा पेश गर्न र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्