Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

नेपालको कला संस्कृति विश्वमा थप परिचित हुँदै : उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको कला संस्कृति विश्वमा थप परिचित हुँदै गएको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका पुराना कला संस्कृतिमा मौलिकता रहेको भन्नुहुँदै यसको जगेर्नामा सबै वर्ग, पक्ष र राष्ट्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनुभएका स्रष्टाहरूलाई सम्मान गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नन्द बहादुर पुन


तपाईको कमेन्ट लेख्नुहोस्