बालेन शाहद्धारा स्थानीय तह निर्वाचनमा भएको खर्च सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनमा गरेको खर्च सार्वजनिक गरेका हुन् ।
ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले आफूले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च गरेको जनाएका छन् ।
जसमध्ये एक लाख मतगणनाको समयमा मात्रै खर्च भएको साहको भनाइ छ ।
खर्च सार्वजनिक गर्दै मेयर साह लेख्छन्, ’खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ ।
यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ( एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्