प्रचण्डमाथि आक्रमण प्रयास गर्ने रिमाल रिहा
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रमण प्रयास गर्ने रामबहादुर रिमाल रिहा भएका छन् ।
उनीमाथि अध्यक्ष प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा अभद्र व्यवहार गरेको अभियोग लगाइएको थियो ।
यही मंसिर ६ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक मधुपुरीमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि प्रचण्डमाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई मंसिर ७ गते साँझ ७ बजेतिर भमनपा–२३ स्थित निवासबाटै चितवन प्रहरीले गिरफ्तार गरेको थियो । रिमालमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएकोमा उनलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटी लिई ६ दिनपछि हिजो बिहीबार उनलाई रिहा गरेको हो ।
रिहा भएका रिमाल प्रचण्डको नेतृत्वमा चलेको तत्कालीन जनयुद्धको सक्रिय कार्यकर्ता समेत हुन् । रिमालले अध्यक्ष प्रचण्डले जनयुद्धमा उठाएको एजेण्डा र उद्देश्यमाथि घात गरेर स्वार्थमा लागेको भन्दै असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डमाथि आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्