निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ ।
८औँ अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
योगले पाएको विश्वव्यापी सम्मान, योग र आयुर्वेदको उद्गम भूमि नेपालका लागि अझ उत्साहको विषय रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
सन २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो भने १ सय ७० भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्