पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गरी मूल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ ।’
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मूल्यवृद्वि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान गर्दछ ।’
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनेरास्ववियु, #पेट्रोलियम पदार्थ, #मूल्यवृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्