Techie IT
बिहीबार, कात्तिक ६,२०८३

सार्वजनिक सवारीसाधनको भाडा उच्च दरले बृद्धि


काठमाडौं ।  सार्वजनिक सवारीसाधनको भाडा उच्च दरले बढेको छ । इन्धनको मूल्य बढेसँगै सार्वजनीक सवारीको पनि भाडा बढेको हो ।

स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

गए राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक सवारीसाधन


तपाईको कमेन्ट लेख्नुहोस्