लैङ्गिक अल्पसंख्यकका लागि अग्नि नियन्त्रण तालिम आयोजना
धनगढी। धनगढी उप–महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ ।
यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो ।
प्राइड मन्थको समयमा सूदुर पश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो ।
बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ । धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायता विना बनाइएको पुराना घरहरूको वायरिङ्, अव्यवस्थित ग्याँसको प्रयोग र जनचेतनाको कमिमा गरिने लापरवाहिका कारण यो समस्याले विकराल रूप लिँदैछ ।
अझ लैङ्गिक अल्पसंख्यक समुदायहरू परिवारबाट टाढा रहने, एकै ठाँउमा धेरै जना बस्ने र शिक्षाको कमीले आगलागीका घटनालाई बढोत्तरी दिएको छ ।
यि सबै विविध कारणले यो समुदाय अझ बढी संकटासन्न भएको दावी सूदुर पश्चिम समाजमा एम एनड ई अफिसर निरङ्ग चौधरी गरेका छन् ।
यस्ता तालिमहरू यो समुदायलाई पहिलो पटक प्रदान गरिएको र यो तालिमले समाजका सम्पूर्ण साथीहरूलाई जिवन रक्षाका लागी उपयोगी शिप दिएको उनको भनाइ छ ।
साथै यो शिप उनीहरूले आफू निकटका साथीहरूमा पनि पुर्याउन प्रयास गर्ने भन्दै सुपर परियोजनाकोसँग नियमित सहकार्यको अपेक्षा राख्दै परियोजनालाई धन्यवाद दिएका थिए ।
धनगढी सूदुर पश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका हो । यस उप–महानगरपालिकामा प्रदेश भरिकै लैङ्गिक अल्पसंख्यकहरूको भारि मात्रामा बसोबास रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धनगढी उप–महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्