जिल्ला समन्वय समिति बैतडीद्वारा नयाँ गाडीको माग
बैतडी । जिल्ला समन्वय समिति बैतडीले प्रदेश र सङ्घीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउ भनी अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको बैठकबाट यस्तो निर्णय भएको हो ।
समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले जानकारी दिनुभयो ।
यसैगरी आइतबारकै बैठकबाट जिससको पाहुना घर पुनर्निर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट व्यवस्थापनको माग गरिएको छ ।
यस्तै समन्वय समितिको कार्यालयमा रिक्त रहेका कर्मचारीहरू पदपूर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।
जिल्ला समन्वय समितिको जिल्ला सभा पनि असार ३२ गते बस्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति बैतडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्