अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई पुनः बोलाउने
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः समितिको बैठकमा बोलाउने भएको छ ।
समितिको आजको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि समितिले प्रधानमन्त्री देउवालाई पुनः बोलाउने निर्णय गरेको हो ।
कहिले बोलाउने भन्ने मिति तय नभए पनि प्रधानमन्त्रीको आसन्न संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने गरी समय मिलाएर प्रधानमन्त्रीलाई बोलाइने समितिका सभापति पवित्रा निरौला(खरेल)ले जानकारी दिनुभयो ।
यस्तै समितिले बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवाले अन्तिम समयमा बैठकमा आउन नसक्ने जानकारी गराउनुभएको थियो ।
बैठकमा सत्ता पक्षका सांसद्हरुको असहमतिबीच समिति सभापति खरेलले बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय पढेर सुनाउनुभयो ।
समितिको आजको बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको आसन्न संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको थियो ।
बैठकमा प्रतिपक्षी दलका सांसद्हरुले समितिमा राष्ट्रिय हितको महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री नआएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
सांसद्हरुले समिति मिनी संसद् भएकाले बैठकमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गर्नुभयो ।
सत्ता पक्षका सासंद्हरुले प्रधानमन्त्रीले समितिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइसके पछि कार्यसूची परिवर्तन गर्नु पर्नेमा कार्यसूचीको निरन्तरता दिनु सभापतिको कार्यशैली पूर्वाग्रही भएको भन्दै आपत्ति जनाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्