पर्यटकको पर्खाइमा लमजुङको बुङ र अक्टोपस झरना
लमजुङ । लमजुङका बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा छन् । विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित यि दुवै झरना पर्यटक नआएपछि सुनसान बनेका छन् ।
बुङ र अक्टोपस घुम्न केही समय अघिसम्म दैनिक १५० देखि २०० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । पछिल्लो समय पदयात्रा गर्ने पर्यटक घटेसँगै झरना रहेको क्षेत्र पनि सुनसान बनेको हो ।
“पदयात्रा गर्नेहरु घटेपछि झरनामा पुग्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ”, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “बर्खा लागेकाले बाटो पनि बिग्रिएकाले झरना अवलोकन गर्ने पर्यटक आउन नसेकका हुन् ।” बर्खायाम सकिएपछि पर्यटकीय चहलपहल बढ्ने उहाँको भनाइ छ ।
झरनामा विषेश गरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक पुग्ने गर्छन् । अन्नपूर्ण पदमार्गमा पर्ने र रमणीय भएकाले पदयात्रामा आउने पर्यटक यहाँ आकर्षित भएका मस्र्याङ्दी गाउँपालिका सरोज विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बर्खामा जोखिम हुन्छ । विभिन्न ठाउँमा पहिरा झरिरहने हुँदा पर्यटक आउन मान्दैनन् ।” तारे भिरमा छङ्छङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्वीर लिनेको भीडभाडका कारण फोटो खिच्नसमेत पालो कुरेर बस्नुपर्ने झरना यतिबेला सुनसान हुँदा यस क्षेत्रमा होटल व्यवसायी आम्दानी नहुने हो की भनेर चिन्तामा छन् ।
चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी–४ स्थित च्याम्चेमै रहेको अक्टोपस झरना समेत पर्यटक नहुँदा सुनसान बन्दै गएको छ । दैनिक १०-१५ जना मात्र झरनामा पुग्ने गरेको स्थानीयवासी बताउँछन् । उक्त झरना बेँसीशहर–चामे सडकको बीच भागमै झर्ने भएकाले यात्रुले मनोरञ्जन लिने गरेका छन् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ झरेको छ ।
त्यहाँ पुग्न बाटो निकै जोखिमयुक्त छ । त्यहाँसम्म पुग्ने बाटो सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचार प्रसारका साथै व्यवस्थित गर्नसके बाह्रै महिना पर्यटकको आगमन हुने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो ।–रासस
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #लमजुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्