५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो
काठमाडौं। पाँच वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई लगाउने २२ लाख भन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँच देखि १२ वर्ष मुनिका बालबालिकालाई दिन मिल्ने फाइजरको २२ लाख तीन हजार मात्रा खोप आज काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको अनुदानमा सरकारले करिब ८४ लाख डोज खोप पाउने मध्ये २२ लाख खोप आज प्राप्त गरेको हो ।
उक्त खोप आगामी असार ९ देखि १५ गतेसम्म २७ जिल्लामा सुरु हुने पहिलो चरणका खोप अभियानका लागि प्रयोग हुने चौरासियाले बताउनुभयो । सरकारले कुल ३९ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #फाइजर खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्