Techie IT
बुधबार, मंसीर ३,२०८३

ईनार सफा गर्ने क्रममा ईनारमा खसेर २ जनाको मृत्यु


चितवन। माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित ईनार सफा गर्ने क्रममा ईनारमा खसेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माडी नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्