बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा वर्षाका कारण हजारौं मानिस विस्थापित
बंगलादेश । बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् ।
विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेका छन् । बंगलादेशको सेनाले बाढी पहिरोमा परेकाहरूको उद्दारका लागि तैनाथ अवस्थामा रहेको र उद्दार समेत जारी रहेको जनाएको छ ।
राजधानी ढाकालगायत मुलुकका विभिन्न स्थानमा बाढीबाट प्रभावितहरूको संख्या बढिरहेको बंगलादेश सरकारले जनाएको छ ।
उत्तरपूर्वी क्षेत्रका लालमोनिरहाट, कुरिग्राम, निलफामिर र रंगपुर जिल्ला वर्षाबाट अत्याधिक प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत महिना प्रिमनसुन सुरु भएयता बंगलादेशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
वर्षाका कारण विभिन्न क्षेत्रमा डुवानका कारण हजारौं मानिस विस्थापित भएका थिए ।
क्याटेगोरी : अन्तरवार्ता, समाचार
ट्याग : #बंगलादेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्