तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, र सामाजिक सुरक्षा विधेयक, पेश भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ पेश गर्नुभयो ।
यसैगरी, प्रतिनिधिसभाको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेश गर्नुभयो ।
बैठकमा सुरुवातमा सांसद योगेशकुमार भट्टराईले बाढी पहिरोबाट प्रभावितको उद्धार, राहत तथा घाइतेहरूको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यस वर्षको मनसुन सुरु भइसकेको हुनाले विपत् व्यवस्थापनको पूर्व तयारीमा लाग्न र आम नागरिकमा मौसम सम्बन्धी पूर्व सूचना पुर्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद एकवाल मियाँले बाराको सिमरामा भएको सामूहिक हत्याको घटनामा सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद प्रेम सुवालले भूकम्प पीडितले अझै पनि अनुदानको दोस्रो र तेस्रो किस्ता पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, बैठकको शून्य समयमा बोल्दै सांसदहरू खगराज अधिकारी, अतहर कमाल मुसलमान, अमृता थापा लगायतले अमेरिकाको नेशनस गार्ड स्टेट पाटनरसीप प्रोग्राम एसपिपि नेपालको हितमा नभएकोले त्यसलाई अगाडि नबढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अमनलाल मोदी विराटनगर विमानस्थल निर्माणमा भइरहेको ढिलाइ प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद कृष्णगोपाल श्रेष्ठ काठमाडौँ नागढुंगा सडक खण्डमा देखिएको जग्गा अधिगृहण सम्बन्धी विवाद समाधान गर्न माग गर्नुभयो ।
सांसद जिपछिरिङ् लामाले नागरिकता विधेयक संशोधन गरी सबै नेपाली नागरिकले नागरिकता पाउने सुनिश्चित गर्न माग गर्नुभयो ।
१५ मिनेटका लागि स्थगित भई पुनः बसेको प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक असार ६ गते सोमबार दिउँसो १ः०० बजे पुनः बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्