जनताको कामलाई प्राथमिकता दिन जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीको निर्देशन
कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको कामलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आज नेपाली काँग्रेसले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले जन भावना अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
उहाँले आगामी निर्वाचनहरूमा समेत नेपाली काँग्रेसलाई थप बलियो बनाउने गरी खटिन नेता कार्यकर्ताहरूलाई समेत निर्देशन दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री द्वय एन्.पि. साउँद र रमेश लेखकले स्थानीय तहको निर्वाचनमा देशभर नेपाली काँग्रेसले राम्रो नतिजा हासिल गरेको र यो उपलब्धिलाई बढाउँदै लैजानु पर्ने धारणा राख्नुभयो ।
उहाँहरूले पार्टी अल्पमतमा रहेको समयमा सरकारको नेतृत्व गर्नु, एमसिसी सम्झौता संसद्बाट पारित गर्नु र स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि प्राप्त गर्नुले नेपाली जनताको विश्वास काँग्रेसमा रहेको प्रष्ट पारेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्