बैतडीको सिगासस्थित सेती नदिमा साँघुबाट खसेर किशोरीको मृत्यु
बैतडी । बैतडीको सिगासस्थित सेती नदिमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् ।
डोटीको बडिकेदार गाउँपालिका वडा न. ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदिमा खसेकी हुन् ।
नदिमा बेपत्ता भएकी किशोरीको शव स्थानीयवासीले निकालेका छन् ।
१ साता अगाडि समेत एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदिमा खसेको केही समयपछि किनारा लागेकोमा स्थानीयवासीले उद्धार गरेका थिए ।
आज बिहान साढे १० बजे खसेकी किशोरीको जीवितै उद्धार गर्न असम्भव भएपछि मृत्यु भएको स्थानीय शिक्षक पदम साउदले बताउनुभयो ।
२०७८ असोजमा आएको बाढीले सेती नदिको पुल भत्काएपछि साँघुबाट तर्ने गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बैतडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्