आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक : प्रधानमन्त्री
असार २ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्स्पो २०२२ को आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मलुको अर्थतन्त्रमा चेम्बरले खेलेको भूमिकाका महत्त्वपूर्ण रहेको भन्नुहुँदै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उद्योगको संरक्षण गरी निकासी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेशमा उत्पादन गरिएका सामग्री राखिएको जानकारी दिनुहुँदै यस्ता एक्स्पोले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एक्स्पो असार ६ गतेसम्म चल्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्