स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पतालमा भर्ना
बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पतालमा भर्ना भएकी छन् । वली मंगलबार राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् ।
उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए ।
वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताए । मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।
प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विमला खत्री वली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्