हवाई क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री आले
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रपनि आशालाग्दो देखिएको बताउनुभएको छ ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको र यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बताउनुभयो ।
मन्त्री आलेले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको भन्दै त्यसका लागि आवश्यक कानुन, कार्यविधि र संस्थागत पुनर्संरचनाको कार्य सुरु गरिएको बताउनुभयो ।
सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले भूकम्प प्रभावित ९ सय २० वटा सम्पदामध्ये हालसम्म ५ सय ८३ वटा सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा ७ सय वटा सम्पन्न भइसक्ने भन्दै सम्पन्न हुन बाँकी सबै सम्पदाको काम आगामी दुई वर्षभित्रमा सकिने गरी अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेमबहादुर आले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्