सिसडोलको गल्ती बञ्चरेडाँडामा दोहोरिँदैन : रामकुमारी झाँक्री
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवास विहीन सीमान्तकृत र विपन्न वर्गका लागि जनता आवास कार्यक्रम तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत आवास व्यवस्था गर्न सरकार लागिरहेको बताउनुभएको छ ।
मन्त्री झाँक्रीले सघन सहरी विकास कार्यक्रम अन्तर्गत यसै वर्षदेखि बस्ती विकासका कार्यक्रम थप गरिएको र त्यसबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
उहाँले दलित, भूमिहीन र विपन्न नागरिकका लागि संयुक्त आवासका कार्यक्रममार्फत एकिकृत बस्ती विकास गरिने बताउनुभयो ।
मन्त्री झाँक्रीले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या स्थायी समाधानका लागि नवनिर्मित बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडलाई वैज्ञानिक प्रविधियुक्त बनाउन प्रयास भइरहेको बताउनुभयो ।
उहाँले सिसडोलस्थित पुरानो ल्याण्डफिल्ड साइडमा देखिएको समस्या बञ्चरेडाँडामा आउन नदिन मन्त्रालय र अन्य स्थानीय निकायहरुबीच छलफल भइरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्