राजस्व अनुसन्धानका महानिर्देशक पौडेलको कार्यकालमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय
काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयबाट पौडेलको सरुवा संघीय मामिला तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो। पौडेलले विभागमा २०७८ असोज १८ मा विभागको जिम्मेवारी पाउनु भएको थियो।
राजस्व चुहावट नियन्त्रणका लागि विभाग महत्त्वपूर्ण मानिन्छ। केपी शर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको यो विभाग शक्तिशाली मानिन्छ। विभागले ठूला व्यवसायिक घरानाका केही मुद्दा अदालतमा दर्ता गरिसकेको छ भने केही मुद्दा अनुसन्धानको क्रममा छ। सोमबार धन्यवाद ज्ञापनसम्बन्धी विज्ञप्ती जारी गर्दै पौडेलले आफ्नो कार्यकालभर गरिएको कामबारे उल्लेख गर्नुभएको छ। यस आर्थिक वर्षमा विभागीय प्रमुखहरु दुईपटक परिवर्तन हुँदासमेत अनुसन्धान र अभियोजनको काम निरन्तर भएको पौडेलले विज्ञप्तीमार्फत उल्लेख गर्नुभएको छ।
आफ्नो कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरुको कारोबारमा गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तस्शुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता अत्यन्त जटिल र नयाँ विषयमा समेत विभागले अभियोजन गरेको पौडेलले उल्लेख गर्नुभएको छ। महालेखापरीक्षकका विभिन्न वार्षिक प्रतिवेदनहरुमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा अनुसन्धान भएको समेत उहाँले उल्लेख गर्नुभएको छ। सरकारले पछिल्लो समय आयातमा गरेको कडाइका कारण चिनी, लत्ताकपडा, मदिरा, विद्युतीय सामानको चोरीपैठारी बढ्न सक्ने र नियमित भन्सार विन्दु प्रयोग नगरी एकैपटक गोदामस्थलमा स्रोत नखुलेका वस्तुको भण्डारण जस्ता काममा संलग्नलाई थुनामा राखी अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।।
विभागले आफ्नो कार्यकालमा सर्वसाधरणहरुको नागरिकता र आर्थिक अवस्थाको फाइदा उठाई कारोबार गर्ने र वास्तविक कारोबारी अज्ञात रहनेतर्फ सचेत रहेको उहाँले उल्लेख गर्नुभएको छ। त्यस्ता कारोबारस्थलबाट प्रयोग भएका कम्प्युटर, मोबाइलमा रहेको विवरणहरुलाई डिजिटल फरेन्सिक ल्याबसमेतको मद्दतमा अनुसन्धानको आधार बनाइ वास्तविक धनी पहिचान गर्ने पद्दतिको विकास गर्दै लगेको पौडेलले उल्लेख गर्नुभएको छ।
पौडेल विभागमा रहँदा राजस्व चुहावटमा ६९ वटा मुद्दा दायर भएको छ। यी मुद्दाबाट कुल बिगो २० अर्ब ६१ करोड माग गरिएको छ। यस्तै, विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायार भएका छन्। जसबाट १ अर्ब १० करोड बिगो माग गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्