प्रदेश सरकारको बैठक नसकिँदै किन फर्के मेयर बालेन र उपमेयर सुनिता ?
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले बागमती प्रदेश सरकारको बैठकमा सहभागी नभइ फर्केका छन् ।
प्रदेश सरकारले स्थानीय तहका लागि आयोजना गरेको अभिमुखीकरण बैठक छाडेर उनीहरु काठमाडौँ फर्केका हुन् ।
हेटौँडामा प्रदेश सरकारले आइतबारदेखि तीन दिनका लागि बैठक आयोजना गरेका थिए ।
तर मेयर साह र उपमेयर डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर काठमाडौं फर्किएका हुन् ।
तीन दिन बैठकका लागि हेटौँडा पुगेका मेयर बालने र उपमेयर सुनिता सोमबार साँझ ५ बजे नै काठमाडौँ फर्किएका छन् ।
मेयर बालेनले काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए ।
‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो,’ मेयर बालेनले बैठक छाडनुको कारण स्प्ष्ट पार्दै विज्ञप्तिमार्फत उल्लेख गरेका छन्, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।’
उनले काठमाडौँ राजधानीमात्र नभई कसैको जन्मभूमि र कर्मभूमि समेत भएको बताए । बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन् ।
सोमबार बेलुकी बालेनले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ भन्दै ब्यंग्य गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #सुनिता डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्