स्थानीय तहको निर्वाचनपछि एमालेको‘हाइ कमाण्ड’बैठक आज पहिलो पटक बस्दै
काठमाडौं -स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेको हाइ कमाण्ड सचिवालयको बैठक आज पहिलो पटक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा मुख्यगरी स्थानीय तहको निर्वाचनको समिक्षा हुने एमालेले जनाएको छ । हिजो पार्टी केन्द्रीय कार्यलयले आजका बैठकका एजेण्डा तय गरेको छ । आजको बैठकमा निर्वाचनका क्रममा भएका हारजीतको विष्लेषण हुने केही मुख्य सहरहरुमा पार्टीले भोग्नु परेको पराजयका कारणका बारेमा पनि घनिभुत छलफल हुने एक नेताले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा अपेक्षा अनुसारको परिणाम आउन नसक्नुमा मुख्यगरी पार्टी भित्रको अन्तरघात नै मुख्य कारण भएको बताइसक्नु भएको छ ।
यसैगरी असार २ र ३ गते आयोजना हुने जनप्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रमको खाका पनि बैठकको एजेण्डा छ । त्यस्तै विभिन्न विभागहरुको गठन र पूर्णता दिने सन्दर्भमा पनि बैठकले निर्णय लिने प्रचार एवं प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #cpn uml
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्