हजुरलाई नमस्कार परोपकारी संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौं । हजुरलाई नमस्ते परोपकारी संस्थाले १७ हप्ताको अवधिमा एक हजार पाँच सय पिन्ट रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो।
पहिलो चरणमा १५ हप्तासम्म र दोस्रो चरणमा दुई हप्तासम्म रगत संकलन गरिएको हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख ताराबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।
‘हाम्रो सानो प्रयासले कसैको जीवन बाँच्छ, हामीले सकेसम्म हप्ताको एक दिन रंगत संकलन गर्ने भनेर योजना बनाएका छौँ, त्यसैअनुसार नै रगत संकलन हुने गरेको छ,’ कुवँरले भने, ‘यसलाई अझै निरन्तरता दिन्छौँ ।’
उनले रक्तदान कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागितासमेत गराउँदै आएका छन्। शनिबार आयोजना गरिएकोे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #ताराबहादुर कुँवर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्