अनिल परियार “कान” को हत्यामा संलग्न तीन जना पक्राउ
भरतपुर । नेपाली कांग्रेसका कार्यकर्ता अनिल परियार “कान” को हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने ३५ वर्षीय विश्व भनिने हेमन्त बास्तोला, भरतपुर १२ का २३ वर्षीया राहुल परियार र माडी नगरपालिका घर भई हाल भरतपुर १५ मा डेरा गरी बस्ने २५ वर्षीया रोहित सिलवाल रहेका छन् ।
बास्तोला र सिलवाललाई काठमाडौँ र परियारलाई चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरू उपर कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न अन्य केहीको प्रहरीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।स्थानीय तह निर्वाचनको माहोल उत्कर्षमा रहेका बेला वैशाख २५ गते भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।
परियार केही आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति थिए । उनी ज्यान मार्ने उद्योगमा एक वर्षअघि मात्रै छुटेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्