भन्सार छली गरी ल्याइएको कपडा चितवन प्रहरीद्वारा बरामद
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध रूपमा भन्सार छली गरी लैजाँदै गरेको कपडा बरामद गरेको छ ।
भरतपुर महानगरपालिका वर्डा नम्बर ३ स्थित नारायणगढ बजारबाट भन्सार चोरी पैठारी गरी लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबरको अवैध कपडा प्रहरीले बरामद गर्न सफल भएको हो ।
चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीका अनुसार हिजो (बुधबार) बिहान ९ बजेको समयमा लु १ ख ९५४५ नंम्बरको ट्रकमा बिभिन्न किसिमको कपडाहरू लुकाई छिपाई लैजादै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले भरतपुर महानगरपालिका वडा नंम्बर १ बालकुमारी चोकस्थित सडक छेउबाट कपडा सहित ट्रकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
सूचनाको आधारमा प्रहरीले खोजी गरिरहेको उक्त ट्रकलाई प्रहरीले रोकिराखेको अवस्थामा फेला पारेपछि रितपुर्वक खानतलासी गर्दा ट्रकमा सिमेन्ट लोड गरेको, उक्त सिमेन्ट माथि अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाईछिपाई राखेको सतहत्तर लाख छ हजार आठ सय पचहत्तर बराबरको लत्ता कपडा फेला पारी सामान र ट्रक गरी एक करोड बाईस लाख छ हजार आठ सय पत्तहर बराबरको सामानलाइ आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको एसपी अधिकारीले बताए ।
पछिल्लो समय चितवन प्रहरीले जिल्लामा सवारी चेकजाँच लाई कडाइ पारिरहदा भन्सार छली गरेर ल्याइएका करोडौं मूल्य बराबरको अवैध सामानमा समेत चितवन प्रहरीले सफलता पार्दै गइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्