चितवनको राप्तीबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ
चितवन । पुर्वी चितवनको राप्तीबाट प्रहरीले प्रतिबन्धित लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक कुमार गुरुङको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (बुधबार) बेलुकी ६ बजेको समयमा राप्ती नगरपालिका ५ स्थित भण्डारा बजारबाट लागूऔषध सहित राप्ती नगरपालिका १ नयाँबस्ति बस्ने २९ बर्षीया एकराज तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको साथबाट प्रहरीले
नाईट्राभेट- ६०० ट्याबलेट, फेनेरागन-४९ (पिस) , नुरफिन -४९ पिस) , डाईजापाम-४९ पिस बरामद गरेको छ । बरामद गरिएको लागूऔषध सहित उनलाई थप आवश्यक कार्वाहीको लागी आज (बिहीबार) सम्मानित चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाईं छ ।
उनी विरुद्ध लागूऔषध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्