गृहमन्त्री खाण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता
काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेट गर्नुभएको छ ।
गृह मन्त्रालयमा बुधवार बिहान भएको भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।
वार्तामा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन पूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको जानकारी दिनुभएको थियो ।
‘स्थानीय तहको निर्वाचन पूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको छ,’ प्रवक्ता पोखरेलले वार्तामा भएको कुराकानीबारे भन्नुभयो, ‘टुंग्याउनका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित पक्षबीच समन्वय भइरहेको छ ।’
बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राख्नुभएको थियो । अर्को बैठक सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको छ । समय एकीन नभएको र सबैलाई अनुकूल निकालेर समय निर्धारण गरिने प्रवक्ता पोखरेलले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खड्गबहादुर विश्वकर्मा, #बालकृष्ण खाँण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्