जन्मदिन मनाउने भन्दै मदिरा सेवन गराएर १६ वर्षीया किशोरी माथी सामूहिक बलात्कार गर्ने ७ जना पक्राउ
जेठ । फेसबुकको सम्पर्कबाट भएको प्रेम सम्बन्धमा परेर बाँकेमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् ।
प्रहरीले किशोरीमाथि बलात्कारको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार भएको जनाएको छ ।
प्रहरीले किशोरी बलात्कारको अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ७ जनामध्यै एक जना १६ वर्ष र अन्य २३ देखि २५ वर्षसम्मका रहेका छन् ।
बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका प्रहरीले जनाएको छ ।
उनीहरुबीच फेसबुकबाटै प्रेम सम्बन्ध जोडिएको थियो । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् ।
युवकहरुले भने जन्मदिन मनाउने भन्दै मदिरा आफू खाने र किशोरीलाई पनि खुवाएको प्रहरीले जनाएको छ ।
किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ–८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो । त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए ।
बेहोस अवस्थामै मोटरसाइकलमा लैजाँदै गरेको देखेर प्रहरीले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #१६ वर्षीया किशोरी माथी सामूहिक बलात्कार, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्