वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने-उड्डयनमन्त्री अधिकारी
संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ ।
मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।”
मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का व्यक्त गर्दैे एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो ।
सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु चार करोडका योजना सार्वजनिक गरिएको थियो । सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । मन्त्री अधिकारीले आजै निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गर्नुभएको थियो ।
उहाँसँग नयाँ शक्ति पार्टी निकट विद्यार्थीले वाइड बडी जहाज खरीदसम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सिर्जना चोकमा प्रदर्शन गरेका थिए । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ओम रानाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वाइड बडी जहाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्